spot_img

बङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोकिनुपर्छ,भीम रावल

spot_img

काठमाडौँ,  नेकपा एमाले नेता भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध निर्माण गरिएको र स्थानीयहरूले त्यसको विरोध गरिरहेकाले उक्त तटबन्ध निर्माणलाई तत्काल रोक्न माग गरेका हुन् ।

‘बङ्गाबगरमा निर्माण हुँदै गरेको तटबन्ध निर्माण कार्य रोकिुनपर्ने माग स्थानीयहरूले राख्दा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालेको देखिएन‚’ उनले भने । त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउन लागेका भारतका गाडीलाई ढुंगाले हान्नुपर्ने स्थिति आइपर्नु लज्जास्पद भएको उनले बताए ।

केहि समयअघिको बाढीबाट त्यहाँको गल्फाईंमा वन कार्यालय र भूसंरक्षण कार्यालय नै महाकाली नदीको पारिपट्टी भारततर्फ परेको बताउँदै नेता रावलले त्यसबेला पनि भारतले एकतर्फी रुपमा तटबन्ध बनाउन खोजे पनि विरोध भएपछि रोकिएको उनले दाबी गरे ।‘नेपाली नागरिकको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा यदि सरकारले ध्यान नदिने हो भने त्यस्तो सरकार जनविरोधी र अलोकतान्त्रिक सरकार ठानिन्छ‚’ उनले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img