spot_img

इच्छाशक्ति हुनुपर्छ काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका डाेल्पाका प्रेम र लाक्पाः बनाए महिनाै लगाएर २ वटा काठे पुल ( फाेटाेफिचर सहित )

spot_img

डोल्पाका प्रेम र लाक्पा जसले बनाए लाखौँका दुई पक्की पुल, ४ घण्टाको लेक काट्न पर्ने बाध्यता हट्यो

रूपक कुलाल काइके ः प्रेम बुढा र लाक्पा लामा काइके गाउँपालिका वडा नम्वर १ मा पर्ने लिडे खोलामा बसोवास गर्ने स्थानीय हुन् । उनीहरु वर्षौदेखि यहि स्थानमा सामान्य पसल चलाएर बस्छन् । दुई चार घर भएको उक्त ठाउँको तीरैतीर भएर ठुलीभेरी नदी बग्दछ । छार्का ताङसोङ गाउँपालिका जान काइके गाउँपालिकाको ल्यासिक्याप हुँदै लिडे खोलाबाटै जानुपर्छ । वर्षौदेखि नदी तर्ने पुल नहुँदा छार्काका स्थानीय, आवतजावत गर्ने सर्वसाधरण र पर्यटकलाई ४ घण्टाको उकाली ओराली गरेर लेक नै काट्नु पर्ने बाध्यता थियो ।

प्रेम र लाक्पाले वर्षौदेखि कच्ची काठे पुल बनाउँदै आएका थिए तर बर्खा याममा उर्लेर आउने भेलले सँधै पुल बगाइ दिन्थ्यो । यसपटक भने उनीहरुले बलियो पुल बनाउने योजना बनाए । नदीको चिलिम्फू र मालम्पा भन्ने दुई ठाउँमा बलियो काठे पुल बनाउने योजना बनाए । दुवै जनाले निजी पहलमा पुल बनाउँने काम शुरु गरे । दुई ओटा पुल बनाउन २८ जना कामदारले ७५ दिन लगाए । दुई जनाको व्यक्तिगत पहलमा पुल निर्माणको काम सम्पन्न भईसकेको छ । गत पुष १२ गते वडाअध्यक्ष छिरिङ तुन्डुप लामाले दुवै पुलको उद्धघाटन गरे । उद्धघाटनमा वडाअध्यक्षसहित स्थानीय वुद्धिजिवीवर्ग र सर्वसाधरणको बाक्लो उपस्थिति समेत थियो । दुबै पुलको उद्धघाटन गर्दै वडाअध्यक्ष लामाले प्रेम र लाक्पाले गरेको कामको प्रशंसा गर्दै पुल निर्माणमा लागेको खर्चलाई मध्यनजर गर्दै ८ लाख रुपैँया सहयोग गर्ने घोषणा पनि गरे । एउटा पुल निर्माणको जिम्मा लिने वडाअध्यक्ष लामाको भनाइ छ ।

ठूलो रकम खर्च भएकाले उनीहरु चिन्तामा थिए । तर उनीहरुले गरेको सकारात्मक कामका लागि यतिखेर सहयोगि हातहरु देखा पर्न थालेका छन् । काइके गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाले केहि रकम सहयोग गर्ने भएका छन् । पुल निर्माणका अभियानकर्ता प्रेम बुढाका अनुसार काइकेले एउटा पुल निर्माणको खर्च दिने र वडाबाट मिलाउने कुरासमेत भएको छ । हालसम्म काइके गाउँपालिका अध्यक्ष अंगत कुमार रानाले २ लाख रकम सहयोग गरेको र वडाले ८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरेको बुढाले जानकारी दिए । उनले थपे छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनांङ गुरङले पनि एउटा पुल बराबरको खर्च ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उनीहरुको कामको सम्मान गर्दै केहि ब्यक्तिहरुबाटसमेत सहयोग आएको छ । स्थानीय मालवहादुर बुढाले ५ हजार र छार्का ताङसोङ गाउँपालिकाकी सेरिका निमा लामाले ५ हजार सहयोग गरेका छन् ।

प्रेम वुढा र लाप्का लामाले स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले जनताका दुःखलाई मध्यनजर गर्दै विकास गर्न अनुरोधका साथै सहयोगको लागि सबैँमा अपिल समेत गरेका छन् । हाल दुई पुल बनेदेखि यो पुलको बाटो भएर हिड्ने सर्वसाधरणलाई घण्टौँ लाग्ने उकालो चढ्न नपर्ने भएको छ भने स्थानीय खुशी भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img