डाेल्पा,जगदुल्ला गाउँपालिका डाेल्पाले शिक्षा क्षेत्रलाइ उच्च प्राथमिकता राख्दै उलेख्य प्रगति हासिल गरेकाे छ । साेमबार मात्रै गाउँपालिकाले महिला छात्रावास उद्घाटन गरेकाे छ । गाउँपालिका अध्यक्ष नारासिंह राेकाया,उपाध्यक्ष अमृता लामा,वडा नम्वर २ का अध्यक्ष २ का अध्यक्ष भिम वहादुर थकालि लगाएत अन्य जनप्रतिनिधीकाे उपस्थितिमा छात्रावास उद्घाटन भएकाे हाे । गाउँपालिकाले विशेष प्राथमिकता दिएर १ कराेड ४५ लाख मा निर्माण गरिएकाे दुइतले छात्रावास २ वटा,१ तले २ वटा भवन ६० जना छात्राले सुविधा लिनेछन् । सुत्ने बेड कपडा सहित,ग्यास,भाडाकुडी,र भान्सा,घेरावार लगाएत सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले निशुल्क व्यवस्थापन गरेकाे गाउँपालिका अध्यक्ष नारासिँह राेकायाले इमान्दार खवरलाइ जानकारी दिनुभयाे । खानाकाे व्यवस्था मात्रै छात्राले गर्नुपर्ने छ ।

वि.स २०७५ मा त्रिपुरामावी काइगाउँ कर्णालीकै उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालमा अध्ययन छात्राहरू छात्रावासमा बस्नेछन् । विद्यालयमा पढ्न चाहने जिल्लाभरीका विद्यार्थीहरूलाइ मध्यनजर गर्दै छात्रावास सञ्चालनले विद्यार्थीलाइ थप टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक जयवहादुर बस्नेतकाे भनाइ छ । छात्रावास सञ्चालन भएसँगै छात्राहरूका अनगिन्ति समस्या हल हुने उहाँकाे विश्वास छ ।
यस्तै साेमबारनै विद्यालयमा १ कराेड ५० लाखकाे अर्काे दुइतले भवनकाे शिलान्यास गरिएकाे छ । वि.स २०७७ मा शिक्षा मन्त्रालय अन्तरर्गतकाे शिक्षा विकास तथा मानव स्राेत विकास केन्द्र मार्फत मुलुकै उत्कृष्ट सय सामुदायिक नमुना विद्यालय छनाेट भएकाे प्रध्यानाध्यापक बस्नेतले जानकारि दिनु भयाे । गाउँपालिकाकाे भरपुर साथका कारण निकै सफलता मिलेकाे भन्दै निकट भविष्यमा थफ सफलता हालिस गर्ने उहाँकाे विश्वास छ ।



















