spot_img

स्थानीय तहको चुनावका लागि टोल समिति सक्रिय बनाउँदै नेपाली कांग्रेस

spot_img

काठमाडौं, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ ।२९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई पार्टीसँग जोड्ने कांग्रेसको तयारी छ ।

कांग्रेसको विधानमा पार्टी संरचना आठ तहको हुने उल्लेख छ । जसमा टोल, वडा, गाउँ–नगर, प्रदेश निर्वाचन क्षेत्र, संघीय प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति रहेका छन् ।कांग्रेसको वडादेखि केन्द्रसम्मको कार्यसमिति बने पनि अधिकांश स्थानमा टोल कार्यसमिति बनेका छैनन् । कांग्रेसमा वडा समितिले आवश्यकता अनुसार टोल समिति गठन गर्न सक्ने व्यवस्था छ ।

कांग्रेसको विधान अनुसार टोल कार्यसमिति नागरिकसँग जोडिने सबैभन्दा तल्लो तहको पार्टी संरचना हो । विधानको दफा ५ (२) ग मा टोल कार्यसमितिको काम, कर्तव्य र अधिकारबारे लेखिएको छ, ‘मतदातासँग निरन्तर सम्पर्क र सम्वाद गर्ने तथा आवश्यकता अनुसार सहयोग पु¥याउने ।’त्यस्तै निर्वाचनको समयमा पार्टीको प्रचार प्रसार, निर्वाचन तथा मतदानसँग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र माथिल्लो निकायलाई प्रतिवेदन पठाउने काम पनि टोल कार्यसमितिलाई तोकिएको छ ।

तर तल्लो तहको यो कार्यसमितिले कांग्रेसभित्र त्यति महत्व पाइरहेको छैन । कांग्रेसका कतिपय नेताहरुले चुनाव जित्नका लागि टोल कार्यसमिति महत्वपूर्ण हुने भन्दै यसलाई क्रियाशील बनाउनुपर्ने मत राख्दै आएका छन् ।गत २८ फागुनमा चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा महामन्त्री गगन थापाले टोल समितिलाई परिचालन गर्दा चुनाव जित्न सहज हुने र खर्च पनि कम लाग्ने बताए । ‘आफ्नै टोलमा समय दियौं भने न धन चाहिन्छ, न धनवाला मान्छे उम्मेदवार बनाउनुपर्छ’ थापाले भनेका थिए ।

टोल समिति सक्रिय बनाउँदा धेरै कार्यकर्ताले काम गर्ने अवसर र भूमिका पाउने नेताहरु बताउँछन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको तल्लो संरचनालाई सर्कुलर पठाउँदै १५ चैतभित्र बाँकी रहेका टोल समिति बनाउन निर्देशन दिएका छन् ।टोल कार्यसमिति सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिवसहित १५ सदस्यीय हुने कांग्रेसको विधानमा व्यवस्था छ ।कांग्रेस महामन्त्री शर्मा भूमिका भएपनि कामविहीन कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्न ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ नीति लिएको बताउँछन् । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ भन्दै गर्दा स्थानीय संरचनालाई पूर्णता दिने कार्य हुन्छ’ शर्माले  भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img