काठमाडौं, अखिल (क्रान्तिकारी) नेपाल क्याम्पस मिनभवन काठमाडौं द्वारा आयोजित हाजिर जफाव प्रतियोगिता सम्पन्न भएको छ। नेपाल कमर्स क्याम्पसका संस्थापक अध्यक्ष तथा संगठनका केन्द्रिय उपाध्यक्ष सहिद क. वेनोज अधिकारीको स्मृतिमा आयोजित कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य कमरेड पवन कार्की रहनुभएको थियोे प्रमुख अतिथि कार्कीले अखिल (क्रान्तिकारी) वास्तविक विद्यार्थीको संगठन भएकोले सधै विद्यार्थीको हक र हितमा रहिआएको आएको र मण्डलले विद्यार्थी संगठनका कारण अहिले विद्यार्थी आन्दोलन कमजोर जस्तो देखिएकोले सचेत विद्यार्थी वर्गले यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो विशिष्ट अतिथि सहिद अधिकारीकि आमा हरिमाया अधिकारी अन्य अतिथिहरुमा संगठनका केन्द्रीय प्रतिनिधि जनक बटाला,तुल्सिराम न्यौपाने, आयोग सदस्य सुजना पौडेल लगायत रहनु भएको थियो भने प्रतियोगिताको प्रथम स्थान समुह (B) का सुस्मिता थापा, मोहन बुढा, प्रेम पाठक, समुह (C)का द्वितीय स्थान हिमांसु जोशी,श्रीधर भुसाल,बिष्णु पौडेल र समुह (E) का तृतीय स्थान अनिल भूल,जिवन विश्वकर्मा, आशिका राई को समुह भएका थियो भने प्रतियोगीले प्रथम पुरस्कार १५०००। द्वितीय पुरस्कार ६०००। तृतीय पुरस्कार ३०००। प्राप्त गरेका थिए सम्राज राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भिम घोडासैनीले र विकास साउद ले गर्नु भएको थियो। कार्यक्रम २ दिन चलेको थियोे । तस्बिरहरु






द्वितीय समुह
तृतीय समुह











