रूपक कुलाल,डाेल्पा
वि.स २०७७ साल २ महिना २ गते डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १ रल्ली गाउँमा खानामा विष हालेर १ जना दलित नेताकाे हत्या भएकाे थियाे । साेहि घटनाका मुख्य अभियुक्त मध्येका एक ओमबहादुर शाही अदालतकाे फैसला पछि फरार भएका थिए । केहि समय धराैटिमा छुटेका शाहीलाइ जिल्ला अदालत डाेल्पाले जन्मकैदकाे फैसला सुनाएकाे थियाे । गत मंसिर १५ गते अदालतले शाही समेत दाेषी देखिएकाे भन्दै उनी सहित घटनामा संलग्न तीनै जनालाइ जन्मकैद सहित १ लाख रूपैँया जरिवानाकाे फैसला सुनाएकाे थियाे । अव तीनै जनालाइ २५ वर्ष जेल सजाय हुनेछ भने पीडितलाइ १ लाख रूपैँया क्षतिपूर्ति तिर्नुपर्ने छ ।
जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी निरञ्जन थापाले अदालतकाे फैसला लगत्तै फरार रहेका शाहीलाइ प्रहरीले खाेजि गरेकाे जानकारि दिए । फागुन २९ गते जिल्ला अदालत समक्ष पुगेकाे र त्यसपछि कारागार चलान भएकाे डिएसपी थापाकाे भनाइ छ ।तर प्रहरीले महिनासम्म प्रहरीले शाहीलाइ पक्राउ गर्न नसक्दा सरकारी सेवामा रहेका उनले सञ्चिकाेष श्रीमतिकाे नाममा गर्ने देखि सबै काम सकेर अदालतमा उपस्थित भएका थिए ।
यसरि भएकाे थियाे घटनाः
वि.स २०७७ साल २ महिना २ गते डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १ स्थित रल्ली गाउँकाे जनजिवन अन्यदिन जस्तै सामान्य थियाे । सबैजना आःआफ्नै काममा व्यस्त थिए । बेलुकिपख खाना खाएर सुत्ने बेलामा गाउँमा एकाएक काेहल मच्चियाे । साेहि नगरपालिकाका स्थानिय बासीन्दा सुकलाल कुलालकाे घरमा रातकाे समयमा मच्चिएकाे हल्लाले सबैजना कुलालकाे घरमा जम्मा भए । खाना खाने वित्तिकै एकाएक सुकलाल कुलाल र उनका घरमा अन्य सदस्य रुपसी कुलाल र बिन्दु कुलाल समेत बान्ता गर्न थाले । गाउँलले खानामा विष परेकाे भन्दै नजिकैकाे स्वास्थ्यचाैकिमा लगे । तर त्यहाँपनि उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दुनै लगियाे । लगेकाे केहि घण्टामै बर्ष ३२ का सुकलाल कुलालको मृतु भयाे भने अन्य २ जनालाइ उपचारका लागि नेपालगञ्जमा निकाे भएका थिए ।
जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा विष हालेर आफ्नै जेठानकाे ज्यानलिने ज्वाइ सहित ३ जनालाइ पक्राउ गरेकाे थियाे । पक्राउ पर्नेमा डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालीका वडा नं. १ रल्लीका बर्ष ३७ का धनबहादुर बुढा, वडा नं १ गल्लीका बर्ष ३० का जयबहादुर कठायत र वडा नं १ रल्ली कै बर्ष ३५ का ओम बहादुर शाही रहेकाे थिए ।
प्रहरी अनुसन्धानबाट खुल्न आएका तथ्यहरू यस प्रकार थिए
घटनाकाे जानकारी पाउँनासाथ त्रिपुरासुन्दरी नगरपालिकामा रहेकाे प्रहरीचाैकीबाट प्रहरीकाे टाेलि घटनास्थलमा पुरेर अनुसन्धान सुरू गरेकाे थियाे । अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालयबाट थप टाेलि परिचालित भइ अनुसन्धानले गती लिएकाे थियाे । फलस्वरूप घटनाकाे ३ दिनपछी अर्थात जेष्ठ ५ गते प्रहरीले घटनामा संलग्न रहेकाे आशंकामा ३ जनालाइ पक्राउ गर्याे । पक्राउ परेकाहरूलाइ जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धानइ भइरहेकाे थियाे ।
-
अनुसन्धानका क्रममा अभियुक्त मध्येका एक जना धनबहादुर बुढाले सुकलाल कुलालकाे घरमा पकाएकाे दालमा विष हालेकाे स्वीकार गरे ।
-
अर्का अभियुक्त जयबहादुर कठायतले विष वनबाट ल्याएको पनि स्वीकार गरेका छन्
-
अर्का अभियुक्त ओमबहादुर शाहीले पैसा दिएकाे अन्य २ अभियुक्तले बिष हाल्न लगाएको बयान प्रहरी समक्ष दिएका थिए ।
-




















