spot_img

जुम्लामा चट्याङले ५ सय बढी भेडा मरे, ठूलो क्षतिहुँदा किसान चिन्तित

spot_img

 तस्बिरः नेत्र शाही, जुम्ला

जुम्ला, जुम्लामा चट्याङ लागेर पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका ४ को जाजुल्लेमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेको भेटरिनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार पशु तथा भेटेरिनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । पाँच सय बढी भेडा मरेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ । मङ्गलबार बेलुकीसम्म विवरण उनले पालिकाले जानकारी दिएको छ ।

एकैपटक धेरै भेडा मर्दा किसानलाई ठूलो क्षति पुगेकोले सरोकारवाला निकायले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो ।

यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीका किसानका दुई सय ५० भेडा मरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img