वासिङटन डिसी, युक्रेन–रुस युद्धले विश्वलाई नै असर गरिरहेको छ। २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व खाद्य र ऊर्जाको मूल्य आकाशिएको छ।अमेरिकी थिंक ट्याङ्क ’सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सीजीडी)’ ले अहिले मूल्य वृद्धिको मापनले विश्वभरका करिब ४ करोड मानिसलाई चरम गरिबीमा धकेल्ने चेतावनी दिएको छ।
सीजीडीले पूर्व सोभियत क्षेत्र कृषि व्यापारको लागि कसरी महत्त्वपूर्ण छ भनेर पनि औंल्याउँछ। रूस र युक्रेनले विश्वको २९% गहुँ उत्पादन गर्दछ। विश्वमा उत्पादित कुल मलको छैटौं भाग रूस र बेलारुसबाट आउँछ।थिंक ट्याङ्कले रुस युक्रेन विवादको प्रभाव व्यापक रूपमा विश्वका सबैलाई हुने बतायो। तर यसको असर गरिब देशहरूमा बढी पर्ने उल्लेख छ।
सीजीडी विज्ञहरूले जी–२० लगायतका खाद्यान्न उत्पादकहरूले आफ्ना बजारहरू खुला राख्न र उनीहरूमाथि कुनै प्रतिबन्ध लगाउनु हुँदैन भनी सल्लाह दिइरहेका छन्। यसैबीच, सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूले मानवीय आवश्यकताहरूको लागि द्रुत रूपमा कार्य गर्नुपर्ने बताइएको छ।