रूपक कुलाल,डाेल्पा
डाेल्पाकाे कांग्रेसकाे राजनीति विस्तारै विचारकाे भन्दा पनि पैसा र ठेकेदारकाे कब्जामा पुगेपछि सच्चा कार्यकर्ता चिन्तित छन् । गत मंसिरमा भएकाे जिल्ला अधिवेशनबाट दिनेन्द्र बहादुर शाही निर्वाचित भए । संस्थापन पक्षका शाही १४ औँ जिल्ला अधिबेशनबाट सभापतिमा विजयी भएका थिए । देशकै ठुला ठेकेदार मध्येमा शाहीकाे नाम चर्चित छ ।
यस्तै उप–सभापतिमा ठेकेदार पुर्ण शाही र लबकुमार शाही विजयी भएका छन्। त्यसैगरी सचिवमा हिक्मतबहादुर शाही र दशरथ रोकाय विजय भएका थिए। सह–सचिवमा लक्ष्मणबहादुर शाही र सुरेन्द्रप्रसाद महत विजयी भएका थिए । डाेल्पाका कांग्रेसमा सिङ्गाे शाही नेतृत्वमा गएकाे देखिन्छ । सभापति देखि उपसभापतिहरू,सचिव देखि सह सचिवसम्म शाही खानदान हावी देखिन्छ । शाही नेतृत्वलाइ हावी गराउन अधिवेशनमा केहि नाम मात्रैका सभापति उम्मेदवारहरूले पैसा खाएर पूर्व सभापति अंगत बुढाकाे भाेट काट्नकै लागि मात्र उम्मेद्वारी दिएका थिए । त्यतिमात्र हाेइन जिल्ला सभापति र उपसभापति शाहीद्वय नै ठेकेदार भएकाले कांग्रेस नेता कार्यकर्ताले विचार भन्दा पैसाकाे राजनीति हावि भएकाे महशुस गर्न थालेका छन् । कति कार्यकर्ता त पार्टी त्यागिसकेका छन् भने कति पार्टी त्याग्ने मनस्थितिमा देखिन्छन् ।
गत चुनावमा स्थानीयतहरू गाउँपालिका,नगरपालिका देखि प्रदेश र प्रतिनिधिसभासम्म डाेल्पामा कांग्रेस शुन्यमा सिमित भयाे । त्रिपुरासुन्दरी र ठुलीभेरीमा भने केहि वडाहरूमा भने विजय भयाे । बाम गठबन्धनका कारण चुनाव हार्न परेकाे कांग्रेसकाे बहाना बन्याे । एसपालि भने कम्युनिष्ट विभाजनकाे फाइदा कांग्रेसले उठाने सम्भावना देखिन्छ । राप्रपा परित्याग गरि अधिकांसलाइ कांगेस प्रवेश गराएर केन्द्रीय सदस्यमा निर्वाचित कर्णबहादुर बुढाले डाेल्पामा कांग्रेस बलियाे भएकाे संकेत दिएका छन् । तर पार्टीका इतर पक्षले अन्तरर्घात गर्ने प्रवल सम्भावना बढेकाे छ ।
कांग्रेसबाट प्रतिनिसभा टिकट केन्द्रीय सदस्य कर्णवहादुर बुढालाइ दिने प्रवल सम्भावना छ र उनी दावेदारी समेत प्रस्तुत गरिरहेका छन् । तर हालका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले फ्लाेर क्रस गरेका कारण यदि पुरानाे सहमतिलाइ पालना गरेर गठबन्धनमा रहेका दलहरू कांग्रेस,माअाेवादी केन्द्र र समाजवादीले उम्मेदवार उठ्ने सम्भावना कम छ । यदि कांग्रेसले उठाए गठबन्धन र कांग्रेसविच कडा भिडन्त पर्ने देखिन्छ तर कर्ण र धनवहादुर बुढा दाजुभाइ भएकाेले मिल्नेर जाने सम्भावना उत्तिकै देखिन्छ । प्रदेशमा कांग्रेसकाे सम्भावना निकै कम देखिन्छ । क्षेत्र न. “क” मा एमाले र माअाेवादी केन्द्र बलिया छन् । एमालेले जित्ने प्रवल सम्भावना देखिएकाे यस क्षेत्रमा समाजवादी र माओवादीले उठाउने उम्मेदवार बलियाे भयाे भने कडा टक्कर पर्ने देखिन्छ । “ख” मा माओवादीका उम्मेदवार विजय हुने देखिन्छ ।
स्थानीयतहहरूमा हेर्दा उपल्लाे डाेल्पाका छार्काताङसाेङ,डाेल्पाेबुद्द,शे फाेक्सुण्डाे,काइकेमा कांग्रेसले जित्ने सम्भावना देखिदैन । तल्लाे डाेल्पाका मुड्केचुला र जगदुल्लामा पनि कांग्रेस निकै कमजाेर छ । त्रिपुरासुन्दरी र ठुलीभेरीमा कांग्रेसले जित्ने सम्भावना छ । तर उम्मेदवारमा भर पर्नेु पर्ने देखिन्छ,गतिलाे उम्मेदवार र अन्तरर्घात नभए त्रिपुरासुन्दरीमा जित्ने भने संम्भावना बढी देखिन्छ भने ठुलीभेरीमा समाजवादीलाइ माअाेओवादीले सहयाेग गरे जित्ने सम्भावना पक्कापक्कि जस्ताे छ । समग्रमा चुनावमा कांग्रेस डाेल्पालाइ जित्न निकै कठिन मेहनत गर्नुपर्ने देखिन्छ ।