spot_img

स्पेनिस ला लिगाः बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले हरायो

spot_img

काठमाण्डौ, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १–१ गोल गरे ।

पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो । जितसँगै बार्सिलोना २८ खेलमा ५४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६६ अङ्क छ । यस्तै, दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अङ्क छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img