spot_img

स्थानीय तहको चुनाव तालमेलको मोडेल टुंगिन बाँकी छ, अध्यक्ष माधव नेपाल

spot_img

 काठमाडौं,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताएका छन् । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध्यक्ष नेपालले सत्तागठबन्धनमा रहेका दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए ।

‘चुनावमा तालमेल हुन्छ । तर, मोडेलको विषयमा छलफल भएको छैन । आन्तरिक रुपमा रिर्पोटिङ पनि चलिरहेको छ । त्यसपछि मोडेलको विषयमा पनि छलफल हुन्छ।’ अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै वाइबाले भने ।सत्ता गठबन्धनमा स्थानीय तहको चुनावमा हुने गठबन्धनबारे अझैं निर्णय हुन सकेको छैन् । गठबन्धन आवद्ध दलका स्थानीय तहमा खटिएको टोलीले ‘रिर्पोट’ बुझाएपछि मात्रै तालमेलको ठोस कुरा हुने नेताहरुले बताइरहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img