हिमाली र पहाडी जिल्लाहरूमा आन्तरिक उडान खोल्ने तयारी

काठमाडौं, नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ ।

सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन । तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन । उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन ।

सोहीकारण पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी उनले दिएका छन् । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ । यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ । नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।

सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ । अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ । १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।

परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराई जानकारी दिए । ठूलो माग र दवाव आएको छ, संख्या बढाउन, तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुन्छ, उनले भने । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -