आखिर कसरी फैलियो कुलमानलाई पुनः नियुक्त गरेको झुटाे हल्ला ? वास्तविकता यस्ताे रहेछ
काठमाडौं,नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाबमूलक अभियान समाजिक सञ्जालमा अहिले चलिहरको छ।
यही दबाबकाबीच मंगलबार सामाजिक सञ्जालमा एक्कासी विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिने सरकारको निर्णय भन्ने खवर फैलिएकाे छ। धेरैले कुलमानको पुनः नियुक्ति भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिए भने कतिपयले उनलाई नियुक्त गरेकोमा सरकारलाई पनि धन्यवाद दिइरहेका छन् । यसरी समाजिक सञ्जालमा बधाईसहित स्टाटस राख्नेहरुमा सर्वसाधारणमात्रै होइनन्, धेरैजसो कलाकार पनि अगाडि देखिएका छन्। तर, हल्ला फैलिएजस्तो कुलमानको नियुक्तिको विषयमा मन्त्रिपरिषद्को कुनै निर्णय अहिलेसम्म औपचारिकरुपमा बाहिर आएको छैन।
कलाकारहरु करिष्मा मानन्धर, मनोज गजुरेल, स्वस्तिमा खड्कालगायत धेरै कलाकारले कुलमानलाई विद्युत प्राधिकरणमा निरन्तरताको माग गर्दै स्टाटस लेखेका थिए। बिहानदेखि दबाबमूलक अभियान चलिरहेका बेला साँझ एक्कासी कुलमान नियुक्तिको झुठो हल्ला कसरी फैलियो त ? खोज्दै जाँदा तथ्य यस्तो रहेछ।
सबैलाई झुक्याएको स्टाटस
बाहिर हल्ला भएजस्तै मंगलबार मन्त्रिपरिषदको बैठक बस्यो। त्यो बैठक बस्नुभन्दा करिब एक घण्टा अगाडि कलाकार दीपकराज गिरीले ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ’ भन्ने स्टाटस फेसबुकमा राखे।

गिरीले आफ्नो स्टाटसको अन्तिममा नै यो सत्य होइन भन्ने आशयसहित लेखेका थिए, ‘सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन…।’
गिरीको आशय नबुझेर धेरै झुक्किए । करिब ५ सयभन्दा धेरैपल्ट यो स्टाटस सेयर भयो। धेरैले दीपकको पछिल्लो वाक्य ख्याल गरेनन्, अघिल्लो वाक्यकै आधारमा उनका प्रशंसकहरुले बधाई दिन थाले। हुँदाहुँदा मन्त्रिपरिषदले साँच्चिनै निर्णय गरेको ठानेर कलाकारहरु धिरेन शाक्य, सिताराम कट्टेल, बुद्धि तामाङ, रमिला न्यौपानेलगायत धेरैले समेत कुलमान नियुक्त भएको भन्दै बधाई दिए।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएकाे बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’नुसार मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा घिसिङको पुनःनियुक्तिबारे कुनै प्रस्ताव लगिएको छैन। ‘मैले पनि यो हल्ला सुनिरहेको छु।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -