spot_img

सिन्धुपाल्चोकको निर्माणाधीन पार्कमा बुद्धको मूर्ति तोडफोड

spot_img

काठमाडौं, सिन्धुपाल्चोकको मुन्थलामा बुद्धको मूर्ति तोडफोड भएको छ। जुगल गाउँपालिका–७ याङ्लाकोटको मुन्थलामा निर्माणाधीन पार्कमा राखिएको बुद्धको मूर्ति अज्ञात समूहले तोडफोड गरेको हो। बुधबार राति अज्ञात समूहले बुद्धको मूर्ति तोडफोड गरेको वडा नम्बर ७ का अध्यक्ष दिलकुमार लामाले जानकारी दिए । ‘पार्कमा मूर्ति राखेको दुई–तीन हप्ता मात्र भएको थियो,’ उनले भने, ‘तर राखेको महिनादिन नपुग्दै तोडफोड भयो।’

लामाले पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर गाउँपालिकाको समेत सहायतामा मुन्थली डाँडामा ५ फिटको बुद्धमूर्तीसहित अन्य परम्परागत संरचना ठड्याइएको बताए। उनले बुद्ध पार्क बनाउन थालेको झन्डै तीन वर्ष भएको बताए। उनले प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाएको बताए।

पार्कले पूर्ण रूप नलिँदै अज्ञात समूहले रिसिइबीका कारण तोडफोड गरेको हुनसक्ने बताएका छन्। उनले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img