spot_img

माओवादी केन्द्र डाेल्पाःकार्यकर्तामा उत्साह,जिल्ला देखि केन्द्रका नेताहरूकाे निष्क्रियताले विरासत बढाउनै हम्मेहम्मे,अहिलेकाे चुनावमा कहाँ के छ सम्भावना ?

spot_img

रूपक कुलाल, डाेल्पा

माओवादी केन्द्र डाेल्पा जिल्लामा पछिल्लाे समय कार्यकर्ताहरूमा उत्साह बढेकाे छ । स्थानीय निकायकाे चुनाव नजिकिएसँगै प्रचारमा जुटेकाे माओवादी केन्द्रमा उत्साहजनक हिसावले पार्टी प्रवेश गरिरहेका छन् । त्यसाे त केहि महिना अघि मात्रै पार्टी अध्यक्ष प्रचण्ड,जनार्दन शर्मा र शक्ति वस्नेत लगाएतका नेता स्वयम् उपस्थित भएर अधिकांस डाेल्पाेबुद्द गाउँपालिका जनप्रतिनिधी सहित छार्काका पनि गाउँपालिका अध्यक्ष सहित केहि  वडा अध्यक्षहरूलाइ पार्टी प्रवेश गराएका थिए । तर अहिले छार्काताङसाेङ गाउँपालिकाका अध्यक्ष एमालेमै फर्कीएका छन् । डाेल्पाेबुद्दका माओवादीका नेता कार्यकर्ता खुलेरै लागेका छन् ।

कार्यकर्ता बढ्दै,जिल्ला नेतामाथि नेतृत्व क्षमतामै प्रश्न

पार्टी प्रवेशकाे लहर बढे पनि जिल्लाका कार्यकर्ता र पार्टी केन्द्रीय नेतृत्व जिल्लाका नेताहरूप्रति त्यति सन्तुष्ट छैन । गत चुनावमा माओवादीले जितेकाे जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिका अध्यक्षहरूले उत्कृष्ट काम गरेर र लाेकप्रियताले अहिले पनि चुनाव जित्ने निश्चित भएपनि अन्य स्थानीय तहमा भने कमजाेर बन्दै गएकाे छ । समग्र जिल्लालाइ हेर्दा तल्लाे डाेल्पामा प्रदेश सभा सदस्य अर्थात क्षेत्र नम्वर ख का निर्वाचित सांसद विरवहादुर शाहीले गरेका कामहरूकाे जनताले प्रशंसा गरेकाे पाइन्छ भने उनकाे लाेकप्रयता पनि बढेकाे छ । तर स्थानीय चुनावमा यस क्षेत्रका त्रिपुरासुन्दरी र शे-फाेक्सुण्डाेमा पार्टीले जित्ने सम्भावना निकै कम छ ।

गत चुनावमा जितेका अध्यक्षहरूले आफ्नाे पालिकामा बढिलाे गढ बनाए प्रदेश सांसदकाे लाेकप्रियता पनि ठिकै छ तर जिल्ला नेतृत्वले अन्य पालिकाहरूमा सक्रियता बढाउन नसकेकाे पार्टीका एक केन्द्रीय नेताले बताए । उनले थपे राम्राे काम गरेका हाम्रा जनप्रतिनिधीकाे आधार मानेर पनि संगठन विस्तार गर्नुपर्थ्याे तर जिल्ला पार्टी इन्चार्ज शिखर र संयाेजक शितारले संगठन विस्तारमा खट्न नसकेकाे कार्यक्रम र कार्यकर्ताहरूमा समेत समन्वय त्यति गराउन नसकेकाे केन्द्र पार्टीकाे बुझाइ छ ।

कमजाेरी जिल्लाका नेताहरूकाे मात्रै हाेइन केन्द्रीय नेताहरूकाे भएकाे जिल्ला नेताहरूकाे बुझाइ छ । उपल्लाे डाेल्पामा भएकाे पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेतृत्वसँग समन्वय नै नगरेकाे र श्रेय लिन लडाइ गरेर आफुहरूलाइ बाइपास गरिएकाे जिल्लाका नेताहरूकाे आराेप छ ।

संघकाे चुनावकाे कुरा गर्दा पार्टीबाट उठ्ने नेताकै अभाव देखिन्छ । प्रदेशमा क्षेत्र नम्वर क मा सबै पालिकामा बलियाे नभएकाेले चुनाव जित्नै गाह्राे छ, तर ख मा जित्ने निश्चित  छ ।  जिल्लाका  स्थानीयतहहरूमा हेर्दा हालसम्म पहिले पनि जितेका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा जित्ने निश्चित छ । डाेल्पाेबुद्दमा पनि पार्टीले जित्ने निश्चित जस्ताे देखिन्छ  शे फाेक्सुण्डाेमा एमाले र माओवादीकाे कडा भिडन्त हुने देखिन्छ ।उपल्लाे डाेल्पाका छार्काताङसाेङ र काइकेमा माओवादीले जित्ने सम्भावना देखिदैन ।   ठुलीभेरी नगरपालिकामा जित्ने सम्भावना निकै कमजाेर छ किनकी एमाले र समाजवादी बलिया हुनुका साथै उनीहरूविच राेचक भिडन्त हुने देखिन्छ । त्रिपुरासुन्दरी नगरपालिकामा पनि पार्टीले जित्नका लागि निकै मेहनत गर्नुपर्ने देखिन्छ । एमाले र कांग्रेसकाे कडा भिडन्त यसपालि पर्ने देखिन्छ । राम्राे उम्मेदवारले टिकट  पाए कांग्रेसले बाजी मार्ने प्रवल सम्भावना देखिन्छ । यी सबै नतिजाका लागि चुनावी गठबन्धनमा पनि केहि तलमाथि पार्न सक्नेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img