डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे वडा नम्वर १ र १० मा सांसद विरवहादुर शाहीकाे पहलमा डाेल्पाकाे त्रिपुरासुन्दरीमा २ वटा टावर निर्माण कार्य जारी छ । यस नगरपालिकामा अधिकांस ठाउँमा सञ्चारकाे सुविधा नहुँदा जनता टेलिफाेन सेवाबाट बञ्चित थिए,जनताकाे लगातारकाे गुनासालाइ मध्यनजर गर्दै टावर निर्माण थालिएकाे हाे । सबै ठाउँ टिप्ने गरि वडा नम्वर १ काे निउने डाडा र वडा नम्वर १० काे दापु गाउँ माथि टावर निर्माणकाे काम धमाधम भइरहेकाे छ ।
अाइतबार डाेल्पा क्षेत्र नम्वर ख तथा प्रदेशसभा सांसद शाही अाफैँ उपस्थित भएर टवर बन्नेस्थानकाे अवलाेकन र स्थानीयसँग छलफल गरेका थिए । टावर निर्माण पछि टेलिफाेनकाे समस्या हट्ने सांसद शाहीकाे भनाइ छ । निर्माणाधिन टावर सञ्चालन अाए वडा नम्वर १,२,७,८,९,१० र ११ लगाएतका अन्य वडाका जनतालाइ टेलिफाेन सेवा उपलब्ध हुनेछ ।





















