काठमाडौं, नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्तकुमार पन्तलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सोही निर्णयविरुद्ध रिट दायर भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। वरिष्ठताक्रम अनुसार बढुवामा नपरेपछि डीआइजी ईश्वरबाबु कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कार्कीले दायर गरेको रिटमाथि चैत २० गते आइतबार सुनुवाइ हुने प्रवक्ता पौडेलले बताए।