spot_img

डाेल्पामा पुगेर अख्तियारका आयुक्त चन्दकाे चेतावनी भ्रष्ट्राचार गर्नेलाइ ढिलाे चाँडाे कारवाहि हुन्छ

spot_img

डाेल्पा,१७ गते विहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको अध्यक्षतामा डोल्पा जिल्लाको सदरमुकाम दुनैमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी एक दिवसीय अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा आयोगका सहसचिव राजेन्द्र कुमार के.सी.ले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो भने आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख सहसचिव भोला दाहालले कार्यालयको तर्फबाट प्रस्तुतिकरण गर्नुभयो । अध्यक्षको आसनबाट मन्तव्य दिँदै आयोगका आयुक्त चन्दले खुला अन्तर्कियाबाट प्राप्त सुझावहरुलाई आयोगले सहर्ष स्वीकार गर्दै त्यसलाई आयोगको सम्पत्तिको रुपमा संरक्षण गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । पारदर्शीता र भ्रष्टाचार भन्ने विषय एक अर्काका परिपूरक हुन् ।

विकास आयोजना र सरकारी सेवा प्रवाहमा पारदर्शीता नभएमा नागरिकले आवाज उठाउनुपर्ने बताउँदै प्रत्येक नागरिक आयोगका सद्धावनादूत हुन् जो प्रत्येक नेपालीका घर घरमा भएको विश्वास व्यक्त गर्नुभयो । हाल हाम्रो गाँउ समाजमा मानवता हराउँदै गएको छ जसका कारण भ्रष्टाचारजन्य गतिविधिहरु बढिरहेकाले अब हामीले मानवता जगाउनुपर्ने बेला आएको कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि नर बहादुर वुढा र प्रमुख जिल्ला अधिकारी बेदनिधि तिवारीले मन्तव्य व्यक्त गर्नुभयो ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img