काठमाडौँ, प्रहरीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताए । ’केही नक्कली परीक्षार्थी पक्राउ परेका छन्, अनुसन्धान टोली फिल्डमै भएकोले थप विवरण केहीबेरपछि सार्वजनिक गर्नेछौं,’ उनले भने ।शुक्रबारबाट एमबीबीएस परीक्षा सुरु भएको छ ।