spot_img

एमालेले थाल्यो विपक्षी गठबन्धनको तयारीः राप्रपासँग चुनावी तालमेल हुने

spot_img

काठमाडाैँ,सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेपालगन्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राखेका हुन् । कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने क्रममा नेपालगन्जमा रहँदा ओलीले राणासँग डेढ घन्टा छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तह (स्थानीय, प्रदेश र संघीय)को चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताए ।

‘एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनुभयो । होटेल सोल्टीमा हामी दुईबीच डेढ घन्टाजति छलफल भयो,’ नेपालगन्ज नगरप्रमुखसमेत रहेका राणाले नयाँ पत्रिकासँग भने, ‘उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत तालमेल गरेर जान प्रस्ताव राख्नुभयो । दुवै पार्टीबाट निर्णय गरेर छलफललाई निष्कर्षमा पु¥याउने समझदारी बनेको छ । त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौँ ।’

सत्तासाझेदार दलले चुनावी तालमेलको तयारी गरेकाले विपक्षी दलहरूले पनि गठबन्धन बनाउनुपर्छ भन्नेमा समझदारी बनेको उनको भनाइ छ । राणाले ओलीसँगको छलफललाई चुनावी तालमेलको पहिलो चरणको छलफलको संज्ञा दिएका छन् । यस विषयमा राप्रपाले छिट्टै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।

नेपालगन्जको होटेल सोल्टीमा बोलाएर राप्रपा महामन्त्रीसँग चुनावी तालमेलको प्रस्ताव राखेका ओलीले सार्वजनिक रूपमा भने एमाले एक्लै लड्ने बताउँदै आएका छन् । केहीअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पनि स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । तर, सत्तासाझेदार दलहरूले तालमेलको निर्णय गरेसँगै ओली सम्भावित परिणामले विपक्षी गठबन्धन बनाउनैपर्ने दबाबमा पुगेका छन् ।

ओलीले महन्थ ठाकुर नेतृत्वको अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तालमेलका लागि छलफल गर्ने सम्भावना छ । स्थानीय आवश्यकता आधारमा तालमेलमा जान सकिने एमालेको नीति छ ।

राप्रपा महामन्त्री डा. धवलशमशेर राणा भन्छन्–

एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनुभयो । होटेल सोल्टीमा हामी दुईबीच डेढ घन्टाजति छलफल भयो । उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत तालमेल गरेर जान प्रस्ताव राख्नुभयो । दुवै पार्टीबाट निर्णय गरेर छलफललाई निष्कर्षमा पु¥याउने समझदारी बनेको छ । त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौँ र छिट्टै आधिकारिक निर्णय सार्वजनिक गर्छौँ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img