spot_img

स्थानीय तह निर्वाचनमा उपत्यकाका १७ पालिकामा महिला मतदान अधिकृत

spot_img

काठमाडाैँ, आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उपत्यकाका तीन जिल्लामा महिला निर्वाचन अधिकृत खटाइने भएको छ। निर्वाचन आयोगले उपत्यकाका तीन जिल्लामा महिला मतदान अधिकृत खटाउने भएको हो।

उक्त प्रक्रिया अघि बढिसकेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। ‘यसपटक हामीले उपत्यकाका तीन जिल्लामा चुनाव गराउनको लागि महिला मतदान अधिकृतलाई जिम्मा दिएका छौँ,’ उनले भने, ‘उपत्यकाबाहिरका जिल्लामा भने महिला र पुरुष मतदान अधिकृतको रूपमा रहनेछन्।’

उनका अनुसार उपत्यकाका तीन जिल्लाका १७ स्थानीय तहमा १७ जना महिला निर्वाचन अधिकृत चयन गरिएको छ। उनीहरूलाई चैत्र २९ र ३० गते प्रशिक्षण दिइनेछ। त्यसपछि निर्वाचनलक्षित कार्यक्रममा खटाइनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img