काठमाडौं,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ नहुने भएको हो ।
न्यायाधीश सुवेदीले यसअघि सोमप्रसाद पाण्डेसम्बन्धित मुद्दामाआफूले आदेश दिएको रउक्त मुद्दामा पाण्डे प्रतिवादी रहेकालेहेर्न नमिल्ने जानकारी गराएका थिए ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलेसभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दादायर गरेका थिए ।
यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागिअघि सारेको मागलाई इजलासले अस्वीकार गरेको थियो ।