काठमाडाैँ,नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति डाेल्पाकाे पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा मुनप्रसाद जैसि सहित ३९ सदस्यीय जिल्ला कमिटि सदस्य चयन गर्दैआइतबार सम्पन्न भएकाे हाे ।
कर्मचारी संगठनकाे टिमलाई सर्वसम्मत गराउन जिल्ला कार्यसमिति डाेल्पाको जिम्मेवारी लिएका केन्द्रिय सदस्य हस्त बहादुर बुढा र केशवराज जैसी लगाएत पार्टीका केन्द्रीय सदस्य ,प्रदेश सदस्य लगायतका नेतृत्व एवं सम्पूर्ण ने.रा.क.स.आबद्ध कर्मचारी व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।
नयाँ जुझारू टिमलाई सहयाेग,समर्थन र शुभकामना सुभेक्षा प्रकट गर्नुहुने सम्पुर्ण व्यक्तित्वहरुमा नवनिर्वाचित अध्यक्ष जैसीले सबैलाइ धन्यवाद ज्ञापन गरे । संगठनमा सबैगरि १ सय २० भन्दा बढि सदस्यहरू रहेका छन् । संगठन डाेल्पाकै सबैभन्दा ठुलाे कर्मचारी संगठनका रूपमा उदाएकाे र आगामि दिनमा थप सुदृढ र संगठित भएर अगाडि बढ्ने संगठनका केन्दिय सदस्य केशवराज जैसीले बताए ।


















