काठमाडाैँ,थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार नाघेकाे छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३४ हजार नाघेको छ । आजसम्म ३४ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १४ हजार ७३९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ७११ संस्थागत आइसोलेसनमा छन् भने ६ हजार २८ जना होम आइसोलेसनमा छन् । त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३८५ जनाको संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १९ हजार ४०५ पुगेको मन्त्रालयको तथ्यांक छ । कुल संक्रमितमध्ये ५६.६ प्रतिशत डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक छ ।
आज उपत्यकामा अहिलेसम्मकै बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मंगलबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार २२४ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३०१ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
त्यस्तै, कोरोना संक्रमण बढेसँगै जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज ७ दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि ४ भदौदेखि १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको थियो भने बुधबार फेरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप ७ सातासम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेका छन् । अब १७ भदौ मध्यरातसम्म उपत्यकामा निषेधाज्ञा कायम रहेनछ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३८५ जनाको संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट संक्रमण निको भएर ३८५ जना डिस्चार्ज भएको बताए ।
अहिलेसम्म निको हुनेको संख्या १९ हजार ४०५ पुगेको मन्त्रालयको तथ्यांक छ । जसमा प्रदेश १ मा १ हजार ३ सय ५६, प्रदेश २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन ।
यस्तै, प्रदेश ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ५६.६ प्रतिशत डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक छ ।