spot_img

उदयपुरमा एसईईको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेकी छात्राको हत्या

spot_img

उदयपुर, उदयपुरको बेलका नगरपालिका ३ बुद्धच‍ौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । एसईईको तयारीका लागि अतिरिक्त कक्षाका लागि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसईईको परीक्षा नजिकिँदै गर्दा तयारीका लागि ट्युसन पढ्न नियमित रुपमा बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् ।घटनास्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीय भरत घिमिरेले बताए । घिमिरेका अनुसार मृतक बालिकाको टाउकोमा चोट लागेको देखिन्छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने उनले बताए । घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल आइपुगेको प्रहरीले जनाएको छ । स्थानीय र स्कुले बालबालिकाहरूले भने दोषीमाथि काबाही गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । नाराजुलुससहित निस्किएका विद्यार्थीले सडक र रामपुर बजारमा प्रर्दशन गरेका छन् । घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रमा लिइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img