spot_img

पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष चैत २७ गते डाेल्पा आउदैँः ठुलाे राजनीतिक फेरवदल हुने संकेत ( प्रेस विज्ञप्ति सहित )

spot_img

डाेल्पा,पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल डाेल्पा आउने निश्चित भएकाे हाे । मंगलबार समाजवादी पार्टी डाेल्पाले पत्रकार सम्मेलन नै गरेर २७ गते हुने भव्य आमसभामा अध्यक्ष माधव कुमार नेपाल लगाएत पर्यटन मन्त्री प्रेम आले र पूर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका सांसद धनवहादुर बुढा लगाएतका नेताकाे उपस्थिति हुने जानकारि दिएकाे छ ।

आउदाे २७ गते आइतबार भव्य अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमकाे तयारी समेत भव्यरूपमा भइरहेकाे प्रचार समितिका संयाेजक बबिकिशाेर गुरूङले पत्रकार सम्मेलनमा बताए । कार्यक्रममा इन्द्रेणी कार्यक्रमकाे टाेलि लगाएत राष्ट्रिय पत्रकारहरूकाे पनि सहभागिता हुने पार्टीका जिल्ला कमिटी अध्यक्ष नन्दसिंह बुढाले जानकारी दिए ।

गत विहीवार बसेकाे पार्टीकाे जिल्ला कमिटी बैठकले निर्णय गरेर पत्रकाटेर सबै पार्टीका नेता कार्यकर्तालाइ उपस्थित हुन सर्कुलर नै जारी गरेकाे छ । कार्यक्रममा अन्य पार्टीबाट धेरै संख्यामा पार्टी प्रवेश गराउने तयारी समेत भइरहेकाे जिल्लाका नेताहरूले बताएका छन् ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img