पोखरा,पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का २० वर्षीय किशोर कठायत रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कठायतको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. ६ खहरेमा बागमती प्रदेश ०२ ०२९ प ०९३७ नं. को मोटरसाइकल बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।