spot_img

सार्वजनिक कार्यक्रम गर्दै कांग्रेसले भन्याे ‘निषेधाज्ञा तोड्ने अभियान सुरु भयो’

spot_img

काठमाडाैँ, हेटौँडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौँडा उपमहानगरपालिका ७ को चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्मती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताउनुभयो ।

‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन । यसरी लकडाउनको नाम लिएर बसिरह्यो भने आर्थिक मन्दीले जनस्तर समस्यामा पर्ने छ’, उहाँले भन्नुभयो । हेटौँडामा कोरोना सङ्क्रमणदर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर कांग्रेसले बुधबार गरेको कार्यक्रममा एक सय ७१ जना पार्टी प्रवेश गरेको दाबी गरेको छ । निषेधाज्ञाले जनताको जनजीवन अस्तव्यस्त बनाएको भन्दै यसको विकल्प खोज्न आवश्यक रहेको नेता बानियाँले बताउनुभयो ।

‘काम गर्ने जनतालाई घरमा थुनिएर बस भन्नुले सरकारको कमजोरीपन स्पष्ट देखाएको छ’, उहाँले भन्नुभयो । सरकारले निषेधाज्ञालाई मात्रै निरन्तरता दिनेभन्दा निश्चित स्वास्थ्य मापदण्ड पूरा गरी उद्योग, कलकारखाना, व्यवसाय, कृषि कार्य सञ्चालन गर्न दिनुपर्ने नेता बानियाँले बताउनुभयो । प्रदेशका क्वरेण्टीन र आइसोलेसनको अवस्था सन्तोषजनक नभएको भन्दै यसको यथाशीघ्र सुधार गर्नुपर्ने उहाँको भनाइ छ । साथै उहाँले कोरोना परीक्षणको रिपोर्टमा पनि ढिलाइ गर्न नहुने बताउनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img