spot_img

उदयपुर प्रकरण: बालिकाको हत्यामा संलग्न सार्वजनिक

spot_img

उदयपुर, उदयपुरको बेलका नगरपालिकाकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज बुधवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो ।प्रहरीले हत्यामा संलग्न बेलका ३ बस्ने १९ वर्षीय विनोद ढकाललाई सार्वजनिक गरेको हो । यस्तै घटनामा एक नाबालिकको संलग्नता देखिए पनि उनलाई सार्वजनिक गरेको छैन । भारतको सिक्किम राज्य बियुङ घर भएका विनोद गएको एक वर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका थिए।’

उनीहरूले हिजो मङ्गलवार बिहान ट्युशन पढ्न जाने निहुँमा कवितालाई बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले बताउनुभयो । ‘अभियुक्तहरूले किशोरीलाई बिहानै बोलाइ हत्या गरेका अनुसन्धानबाट खुलेको छ’, एसपी बोहोराले भन्नुभयो, ‘बयानमा समेत उनीहरूले यो कुरा स्वीकार गरेका छन् ।’

हत्याको मुख्य योजनाकार नाबालिक रहेको बताइएको छ । मृतक बालिकालाई पछाडिबाट रक्सीको खाली बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरूले दिएका छन् । बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनामा दोषी ढकाललाई सात दिन र हत्यामा संलग्न बालिकालाई पाँच दिन म्याद थप गरिएको एसपी बोहोराले जानकारी दिनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img