काठमाडौं,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन्।खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरू आज निर्वाचन आयोग पुगेका हुन्।उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग कुराकानी गरेका छन्।
विप्लव नेतृत्वको पार्टीभित्र निर्वाचनमा जाने वा नजाने भन्नेमा विवाद थियो। निर्वाचनमा प्रत्यक्ष रूपमा नजाने निर्णय केन्द्रीय समितिले गरेको थियो।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आयोगमा दर्ता भने छैन। नेपाल कम्युनिष्ट पार्टीमा विप्लव, प्रकाण्डलगायत नेताहरू चुनावमा जानुपर्नेमा थिए।