काठमाडौं, निर्वाचन आयोगबाट बाहिरिँदै गर्दा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अन्नपूर्णसँग संक्षिप्त कुराकानी गरे। विस्तृत बताइदिनुभन्दा भन्दै उनी गाडी चढेर हिँडे।कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्वाचनमा सहभागी नहुने विप्लव नेतृत्वको पार्टीले निर्णय गरेको थियो। बिहीबार निर्वाचनमा सहभागी कसरी हुने भन्ने विषयमा प्रकाण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेका हुन्।
भेटमा पार्टी प्रवक्ता प्रकाण्डले दल दर्ताबारे आयोगसँग परामर्श गरेका थिए। यस्तै, निर्वाचनमा सहभागिताबारे छलफल भएको थियो। साथै आयोगले निर्वाचन सन्दर्भमा गरेको तयारीबारे जिज्ञासा राखेको थियो। स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको समय गत फागुन १५ मा सकिएको थियो।
दैनिक ४ लाख मतपत्र छपाइ
निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएको छ। मतदान केन्द्रमा खट्न असमर्थ रहेको भनेपछि नयाँ निर्वाचन अधिकृतलाई खटाएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जनाए। हिमाली तथा दुर्गम जिल्लाको मतपत्र छपाइ भइरहेको छ। दैनिक ४ लाख मतपत्र छपाइ भइरहेको हो। आदर्श निर्वाचन बनाउन आचारसंहितामा कडाइ गरिएको बिहीबार आयोगले गरेको पत्रकार भेटघाटमा उनले बताए ।अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।