spot_img

पार्टी छाडेर अर्को पार्टीमा गएको भन्दै एमाले कार्यकर्ताद्वारा युवामाथी कुटपिट

spot_img

जाजरकोट, पार्टी छाडेको भन्दै नेकपा एमाले कार्यकर्ताले एक युवामाथि कुटपिट गरेका छन् । एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेपछि लालबहादुर नेपालीलाई उनकै साथीहरूले कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटेका हुन् । प्रहरीका अनुसार घटान आइतबार साँझ साढे ६ बजेको हो ।

रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएपछि नेपालीमाथि कुटपिट भएको जाजरकोट प्रहरीका सूचना अधिकारी इन्सपेक्टर खुमानन्द पाण्डेले बताए ।

उनले भने, ‘‘गिरी र नेपाली पहिलेदेखि एमाले पार्टीमा आवद्ध एउटै गाउँका साथी रहेछन् । आइतबार गिरी र पिडित नेपालीले स्थानीयको होटलमा बसेर जाँडरक्सी खाएका रहेछन् । रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएछ । त्यसपछि नेपालीमाथि हातपात भएको रहेछ,” उनले भने । प्रहरीका अनुसार केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए । दृष्टिमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img