spot_img

बारको चुनावमा गठबन्धनको क्लिन स्वीप, एमाले निल

spot_img

 काठमाडौं, नेपाल बार एसोसिएनसको कार्यसमिति निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धनले प्यानलै जितेको छ । अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिमा गठबन्धनका उम्मेदवारले जीत हासिल गरेका हुन् । गत शनिबार भएको निर्वाचनको मत गणना भने शुक्रबार सकिएको हो । बारको अध्यक्षमा वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यासी गोपालकृष्ण घिमिरेले मतगणना नसकिँदै जित सुनिश्चित गरिसकेका थिए भने ।

उपाध्यक्ष, महासचिवसहितका उम्मेदवार पनि धेरै मतान्तरले अघि थिए । गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धी एमाले निकट वकिलको समूहलाई तोब्बरभन्दा बढी मतले जीत हासिल गरेका हुन् । अध्यक्षका प्रत्याशी घिमिरे कांग्रेस निकट हुन् भने महासचिवकी उम्मेदवार अन्जिता खनाल माओवादी केन्द्र निकट हुन् । ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा घिमिरे विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २ हजार ४ सय ८२ मत ल्याएर पराजित भए ।

घिमिरेले निकटतम प्रतिद्वन्दी अधिकारीको भन्दा एक हजार ९ सय ५१ मत बढी ल्याएर विजयी भएका हुन् । यस्तै गठबन्धनकै उम्मेदवार खनाल महासचिवमा विजयी भएकी छन् । उनले ३ हजार ६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत ल्याएका छन् । खनालले कोइरालाको भन्दा ६ सय ९३ मत बढी ल्याएर विजयी भएकी हुन् । बारको तीन वर्षे कार्यकालसहितको कार्यसमितिमा २५ जना हुन्छन् । बारको निर्वाचनमा एक अध्यक्षमा ८, उपाध्यक्षमा ८ पदका लागि २१, एक महासचिवका लागि ७, एक कोषाध्यक्षका लागि ३, विभिन्न कलस्टरका ८ सदस्यका लागि १९ र खुला ६ सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । समाचार दैनिकबाट साभार

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img