काइकेका सोझा जनता एमाले र कांग्रेसका साझा थिए,अव समाजवादीका पनि भए
रूपक कुलाल,डोल्पा
आइतबार डोल्पा सदरमुकाम दुनैँमा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले पार्टी गठन पछि जिल्लामा भव्य आमसभाको आयोजना गर्याे। सभालाइ सम्वोधन गर्न पार्टी अध्यक्ष माधव कुमार नेपाल,उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला,पर्यटन मन्त्री प्रेम आले डोल्पा पुगेका थिए । यस्तै पोलिटव्युरो सदस्य हंसवहादुर शाही,डोल्पा जिल्ला पार्टीका इन्चार्ज धनवहादुर बुढा,जिल्ला पार्टी अध्यक्ष नन्दसिंह बुढा लगाएत जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
सभामा करिव १५ सय कार्यकर्ताले पार्टी प्रवेश गरेको थिए । भव्य अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा १३ सय काइके गाउँपालिकाबाट र अन्य २ सय जना ठुलीभेरी र त्रिपुरासुन्दरी लगाएतबाट पार्टी प्रवेश गरेको सभाका प्रचार समिति संयोजक बबिकिशोर गुरूङले जानकारि दिए ।
पार्टी प्रवेशका नाममा नेतृत्वमाथि यसरी भ्रम छरियो
भव्य आमसभालाइ संवोधन गर्ने र हजारौँ नेता कार्यकर्ता पार्टीमा प्रवेश गराउने उदेश्यका साथ पार्टी अध्यक्ष नेपाल सहितका नेताहरू डोल्पा पुगेर जिल्लामा पहिलो पार्टी हुने दावी गरे। १५ सय भन्दा बढि प्रवेश पनि गराए १३ सय भन्दा बढि काइकेका नाममात्रैका कार्यकर्ता भित्राइए हुन् । जिल्लाका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने अध्यक्षलाइ रिझाउन पार्टी इन्चार्ज धनवहादुर बुढाले १३ सयको हाराहारीमा जन्मथलो काइकेका जनतालाइ पार्टी प्रवेश गराए । ती जिल्ला नेताले थपे कति पार्टी प्रवेश गर्ने कति त पहिले नै संगठनमा थिए ।
काइकेबाट प्रवेश गरेका अधिकांस कार्यकर्ता एमाले पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेका हुन् तर पहिलेको चुनावमा एमालेले जितेको पालिका अध्यक्ष प्रवेश भने गरेनन् । अव हुने पालिका अध्यक्षका उम्मेदवार हुने एक जना पनि गतिलो मान्छे प्रवेश नगरेपछि जिल्लाका नेताहरू जति सय प्रवेश गरेपनि पालिका पार्टीले नजित्ने बुझाइमा छन् । पालिका अध्यक्षमा एमाले नै जित्ने र अधिकांस जनताले भोट पनि उतै हाल्ने देखिन्छ भने नाम मात्रैका कार्यकर्ता भित्राउनु र नभित्राउनुमा केही फरक नरहेको ती नेताले बताए । कम्तीमा पनि एक दुइ जना भएपनि अन्य पार्टीका नेतृत्वकर्ता प्रवेश गराउन दवाफ दिएको भएपनि झारो टार्ने काम मात्रै भएको जिल्लाका नेताहरूले बताए । काइकेका जनताले पार्टी भन्दा पनि आफ्ना ठाउँका जुनसुकै पार्टीका नेता भएपनि एकलौटी जस्तै समर्थन गर्ने जिल्लाका नेताहरूको बुझाइ छ ।
भिड जम्मा गर्ने इन्द्रेणीको सहरा
यतिमात्र होइन पार्टी इन्चार्ज धनवहादुर बुढाले नेतृत्व रिजाउन र भ्रम छर्न इन्द्रेणी कलाकारको टिमको समेत सहारा लिएका छन् । पार्टीको कार्यक्रममा बुढाले लाखौँ खर्च गरेर इन्द्रेणी टीम लिएपछि गाउँगाउँबाट हेर्नको लागि मान्छेको भिड नै उर्लिएको थियो । पार्टीका अध्यक्ष लगाएतका नेता पार्टी कार्यकर्ता भनेर मख्ख परे पनि अधिकांस भिड इन्द्रेणी कलाकारको प्रस्तुती,माधनव नेपाल र प्रेम आलेको भाषण सुन्नका लागि भिड ठुलो देखिएको थियो ।
जिल्लामा चुनाव जित्ने अवस्था
आसन्न स्थानिय निकायको चुनावमा ठुलीभेरी नगरपालिकामा जित्ने सम्भावना प्रवल छ,भने अन्य ७ वटा स्थानीय तहमा कतै पनि जित्ने गर्ने सम्भावना देखिदैँन । प्रदेश क्षेत्र नम्वर ’क’ बलियो दावेदारी प्रस्तुत गर्न सक्ने सम्भावना छ,“ख“ मा जित्ने सम्भावना देखिदैन । प्रतिनिधि सभामा जिल्ला पार्टी इन्चार्ज तथा वहालवाला सांसद धनवहादुर बुढा गठबन्धनबाट अन्य प्रतिस्पर्धी उम्मेदवार जिल्लामा नभएका कारण जित हुन सक्ने देखिन्छ ।