spot_img

देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा हालसम्मकै उच्च ३७७

spot_img

काठमाडौं,पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

 काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । यसअघि बुधबार पनि उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img