उपल्लाे डाेल्पालाइ छुट्टै जिल्ला बनाउनु पर्ने माग सिंहदरवारसम्म पुग्याे
डाेल्पा,उपल्लाे डाेल्पालइ छुट्टै जिल्ला बनाउनु पर्ने माग सिंहदरवारसम्म पनि गुन्जीन थालेकाे छ । उपल्लाे डाेल्पाका जनप्रतिनिधिहरूले नेकपा माअाेवादीका अध्यक्ष प्रचण्ड डाेल्पा भ्रमणका क्रममा छुट्टै जिल्लाकाे माग जाेडदार रूपमा उठाएका थिए । डाेल्पाेबुद्ध गाउँपालिका र डाेल्पाे जनजाति विकास केन्द्रले संयुक्त रुपमा उठाएकाे मागलाइ सकारात्मक रूपमा लिएकाे प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माले बताएका थिए ।
सिंहदरबारका सङ्घीय मामिला तथा समान्य प्रशासन लगाएतका मन्त्रालयमा उपल्लाे डाेल्पाका प्रतिनिधि याे माग सहित धाइरहेका छन् । केहि दिन अघिमात्रै सभामुख अग्निप्रसाद सापकाेटा समक्ष नेपालको संविधानको धारा ५६ उपधारा ५ बमोजिम उपल्लाे डाेल्पालाइ विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको रुपमा धोषणा गरिदिन र उपर डोल्पोका ३ गाउँपालिकालाइ छुट्टै जिल्ला स्थापना गरि दिन समेत मागपत्र बझाइएकाे छ । मागपत्रमा भनिएकाे छ ।
सम्माननीय सभामुख ज्यू
सङ्घीय संसद सचिवालय, सिंहदरवार,काठमाण्डौं ।
विषयः मागपत्र सम्बन्धमा
महोदय,
संसारकै अग्ला मानव वस्तीका रुपमा रहेका कर्णाली प्रदेश डोल्पा जिल्लाको माथिल्लो भेगमा रहेको अतिदुर्गम तीन गाउँपालिका–शे–फोक्सुन्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र छर्का ताङसोङ गाउँपालिका अर्थात डोल्पो क्षेत्र भौगोलिक विकटता, चीसो हावापानी तथा सुख्खा जमीनको कारण कृषि र पशुपालनमा आश्रित जिविकोर्पाजन गर्नु पर्ने बाध्यता र मुलतः नेपाल सरकारको तर्फबाट शिक्षा, स्वास्थ्य, यातायात, संचार, खानेपानी जस्ता आधारभुत सेवाबाट बञ्चित भएका कारण ९० प्रतिशत भन्दा बढी यहाँका वासी गरिबीको रेखामुनी जीवन गुजारीरहेका छन् । शताब्दियौं देखि उत्तरी सिमाको रक्षा गर्दै अएता पनि नेपाल सरकारको नीति निर्माण तहमा समाबेश नगर्नु र सरकारी निकायमा डोल्पो समूदायको शून्य उपस्थितिले गर्दा यो समुदाय उत्पीडनमा पर्दै आएको छ भने राष्ट्रलाई नै चिनाउने डोल्पोको प्राकृतिक, सा‘स्कृतिक सम्पादाको संरक्षण तथा प्रर्वद्धनको अभावमा डोल्पोको अस्थित्व नै संकटमा पर्ने देखिन्छ ।
देश सङघीय शासन प्रणालीमा गई सक्दा पनि डोल्पोका तीन गाउँपालिकाको अवस्था थोरै मात्रमा सुधार आए पनि मूलतःपहिलाको जस्तात्यस्तै छन् । संविधान कार्यान्वयनमा ढिलाई, कानुनको अभाव र स्थानीय तहमा आवस्यक कर्मचारी नभएको र मुख्यतः बजेटको अभाव र भौगोलिक विकटताले गर्दा डोल्पोका तीन गाउँपालिकाहरुमा विकासले गति लिन नसकी पिछडिएको अवस्था ज्यूँ का त्यूँ छ । सामान्य सरकारी कामकाज देखि नागरीकता वनाउने, योजनाहरुको सम्झौता गर्ने र भुत्तानी लिने जस्ता सबै कामकाजको लागिअझै पनि ३ देखि ६ दिन सम्मको कठिन पैदल यात्रा गरी जनप्रतिनिधि र जनता दुबै सदरमुकाम जिल्ला सदरमुकाम दुनै सम्म आउनु पर्ने बाध्यता छ, जुन एक विडम्बना हो । तसर्थ एकै भाषा, जाति, धर्म र संस्कृति भएको डोल्पोका तीन गाउँपालिकाहरुको आर्थिक सामाजिक संस्कृतिक र मुलतः राजनितिक विकासका लागि तपशिलका मागलाइ सम्माननीय सभामुख ज्यु सामु सादर अनुरोध छ ।
तपशिलः
१। एकै भाषा, जाति, धर्म र संस्कृतिभएको उपर डोल्पाका तीन गाउँपालिकाहरुलाइ सामाजिक संस्कृतिक संरक्षण र आर्थिक तथा राजनितिक विकासका लागि नेपालको संविधानको धारा ५६ उपधारा ५ बमोजिम विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको रुपमा धोषणा गरिदिनु हुन अनुरोधका साथै उपर डोल्पोका तीन गाउँपालिकालाइ छुट्टै जिल्ला स्थापना गरि दिन वातावरण बनाई दिनु सदर अनुरोध गदाछौ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -