नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
काठमाडौं,नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ सय कायम गरिएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० तोकिएको छ । आइतबार ८ सयले बढेर छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य स्थिर रह्यो । चाँदी प्रतितोला एक हजार ३६५ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ ।