spot_img

केही मानिसहरूको ‘सन्कीपन’ ले देशको नीतिहरू भाँडिए, योगेश भट्टराई

spot_img

काठमाडाैँ,  नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशको नीतिहरू भाँडिएको आरोप लगाउनुभएको छ । आज सोमवार काठमाडाैँमा स्वास्थ्य वैज्ञानिकहरूको आठौँ सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो ।उहाँले भन्नुभयो, ‘केही मानिसहरूको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्।

 केही मानिसहरूका कारण हाम्रा नीतिहरू गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरूको सञ्चिति छैन, चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले धेरैभन्दा धेरै निर्यात गरिरहेका छौँ । त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा विद्यार्थीहरू पढ्नका लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ? जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ’सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरूलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताउनुभयो । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img