काठमाडौं, निर्वाचन आयोगले नेपाली कांग्रेस नेता डाक्टर शशांक कोइरालालाई सात दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ। चुनाव खर्च विवरण सुनाएपछि नेपाली कांग्रेसका नेता डा. कोइरालाको अभिव्यक्तिमाथि आयोगले ध्यानाकर्षण गरेको हो।
सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए।कोइरालाले शनिबार एक कार्यक्रममा निर्वाचनका क्रममा पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ती दिएका थिए।
तर कोइरालाले आफ्नो खर्च विवरण पेश गर्दा २१ लाख ७५ हजार देखाएका थिए। २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो।