spot_img

डाेल्पामा माओवादीले नेतृत्व गरेका २ पालिकामा 4G सेवा सञ्चालनमाः अन्य स्थानीयतहमा फाेन गर्ने गतिलाे नेटवर्क छैन,जिल्लाभर सञ्चारकाे अवस्था यस्ताे छ ।

spot_img

डाेल्पा,डाेल्पाकाे जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा 4G सेवा सञ्चालनमा आएकाे हाे । पहिले फाेन गर्न पनि घण्टाैँ हिड्नुपर्ने दुवै पालिकाका जनता  हैरानी वेहुर्नु पर्थ्याे । तर स्थानीय सरकार आएपछि माओवादी केन्द्रका प्रतिनिधिले चुनावी वाचा अनुसार  टावरहरू मात्र खडा गरेका छैनन् 4G सेवा सञ्चालनमा ल्याएका छन् । संसार नेट इन्टरनेटमा फड्काे मारेकाे कुरालाइ मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएकाे जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह राेकायाले जानकारि दिनुभयाे । अव घरमा वसीवसी इन्टरनेट सेवा प्रयाेग गर्न पाइनेछ । यस्तै मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तवहादुर शाहीले दुवै पालिकामा टावर स्थापना र 4G सेवा स्थापना गर्ने प्रदेशसभा सदस्य वीरवहादुर शाही,मुड्केचुलाका युवा नेता दिलिप सिंहले महत्वपूर्ण भुमिका खेलेकाे जानकारी दिए ।

तल्लाे डाेल्पामा पर्ने अति विकटका यी पालिकाले 4G सेवा सञ्चालनमा ल्याउदा अन्य स्थानीयतहहरूमा भने जनतालाइ फाेन गर्नै सास्ति खेप्नु पर्छ । डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे केन्द्रमै नेपाल टेलिकम एनटीसिकाे नेटवर्क टिप्दैन । त्यतिमात्र हाेइन पहाडा,लिकु,रंग,जिउँ भेगका वडा र गाउँहरूमा त नेटवर्ककाे अतिनै समस्या जनताले खेप्नु परेकाे छ । केहि समय पहिले प्रदेशसभा सदस्य विरवहादुर शाहीकाे पहलमा २ वटा टावर निर्माणकार्य जारी छ । यी टावर निर्माण भए केहि हदसम्म फाेन गर्न पाउने आसमा जनता छन् ।

ठुलीभेरी नगरपालिकामा त्यति धेरै नेटवर्ककाे समस्या देखिदैन । 4G सेवा नभएपनि फाेन गर्नकै लागि धेरै सास्ति खेप्नु पर्ने बाध्यता छैन । वडा नम्वर १ र २ नम्वरका केहि स्थानमा समस्या भने देखिन्छ । यस्तै काइके गाउँपालिकामा टावर केहि स्थापना भएकाे केहि वर्ष भयाे । पहिले जस्ताे फाेन समस्या छैन तर कुनै गाउँहरूमा टावर टिप्दैन । केहि ठाउँमा नेटवर्क नभएपनि गाउँवस्तीमा फाेन गर्न पहिले जस्ताे समस्या छैन । 

उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्द,छार्काताङसाेङ र शे फाेक्सुण्डाे गाउँपालिका जनप्रतिनिधिले स्थानीयतह स्थापना पछि धेरै दुख गरेर टावर स्थापना गरेका छन् । डाेल्पाेबुद्दकाे धाे,तिन्जे,सिमेन गाउँमा टावर निर्माण पछि फाेनकाे समस्या धेरै हदसम्म कम भएकाे छ । छार्काताङसाेङ गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले फाेनकाे समस्या जनताबाट निकै भएकाे कुरालाइ मध्यनजर गर्दै छार्का गाउँ,ढुक्काेट र कागकाेटमा टावर निर्माण गरेका छन् । शे फाेक्सुण्डाेका पनि केहि स्थानमा टावरहरू निर्माण गरिएका छन् । हिमाली भेग र भाैगाेलिक अवस्थाका कारण टावरहरूमा समस्या भने धेरै देखा पर्ने गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img