डाेल्पा,डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिका वडा नम्वर ४ कागकाेटका वडा अध्यक्ष सहितका जनप्रतिनि निर्विराेध चयन भएका हुन् । निर्विराेध चयन हुनेमा वडा अध्यक्ष खाेमसाङ्गा राेकाया,वडा सदस्यहरू तेन्जिङ कार्मा राेकाया,आङ्गदेन बुढा,अल्पसंख्यकबाट युरूङ घर्ती, महिला सदस्यमा कान्छी घर्ती रहेकाे स्थानीय थिल्ने मगरले जानकारि दिए । निर्विराेध चुनिएका सबै प्रतिनिधि नेकपा एमाले पार्टीबाट भएकाे उनकाे भनाइ छ ।
केहि समय पहिले गाउँपालिकाकाे कागकाेटमा पालिका अध्यक्ष र अन्य पक्षकाे विवाद उत्कर्षमा थियाे । अहिले छलफलबाट सबै विवादलाइ साम्य बनाउँदै निर्विराेध जनप्रतिनिधि चुनिएपछि समस्या समाधान भएकाे स्थानीयले बताए । अव गाउँकाे विकासमा एकबद्द भएर लाग्ने चयन भएका प्रतिनिधिकाे भनाइ छ । याेसँगै चुनावभन्दा अघिनै डाेल्पामा नेकपा एमालेबाट ३ जना वडा अध्यक्ष सहितका जनप्रतिनिधि निर्विराेध चयन भएका छन् ।


















