रूपक कुलाल,डोल्पा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोल्पामा सत्ता गठबन्धन दलहरूबीच तालमेल नहुने देखिएकाे छ । सत्ता गठबन्धन दलहरूबीचको छलफलमा सहमति जुट्न नसकेपछि दलहरुले गठबन्धनको सम्भावना सकिएको निर्णय केन्द्रमा पठाएका छन् । बैशाख २ गते बसेकाे सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नाे दाबी छाडेनन्।
गठबन्धन नहुनाका पछाडी सबै दलका नेताका आआफ्नै स्वार्थ देखिन्छन् । विशेषगरी प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा डाेल्पामा गठबन्धन हुन नदिने खेलमा लागेका छन् । एमाले परित्याग गरि समाजवादीमा प्रवेश गरेका सांसद बुढाकाे कांग्रेसमा दाइ कर्णबुढा र एमालेका जिल्ला अध्यक्ष भतिज शेरवहादुर बुढालाइ मिलाएर लिने अन्यलाइ पेल्ने शैलि अपनाएका छन् । यतिमात्र हाेइन बुढाका सबैपार्टी नजिक रहेका मान्छे समेत उनकै खेललाइ साथ दिएकाे देखिन्छ ।
सर्वदलिय बैठकमा कसले के के भन्याे ?
सर्वदलिय बैठकमा सहभागि एक नेताले नाम नबताउने सर्तमा भने बैठकमा सांसद बुढाले नेकपा माओवादी केन्द्रलाइ सुरूदेखिनै पेल्ने पक्षमा देखिए । उनले माओवादीलाइ जिल्लामा जगदुल्ला र मुड्केचुला गाउँपालिका अनि त्रिपुरासुन्दरीमा उपमेयर दिन सकिने बताए । शुरूमा माओवादीका नेताहरूले ठुलीभेरीकाे मेयर पाए गठबन्धन गर्ने नभए नगर्ने अडान कसे तर त्याे असम्भव भएकाे अन्य पार्टीका नेताले बताएपछि । माओवादीले डाेल्पाेबुद्द गाउँपालिका सहित मुड्केचुला र जगदुल्ला दिनुपर्ने अडान कसे तर धनवहादुर बुढाले डाेल्पाेबुद्द दिन नसकिने अडान कसेपछि सहमति हुन सकेन । बुढाले डाेल्पाेबुद्द समाजवादीले पाउनु पर्ने तर्क गरे तर हाल डाेल्पाेबुद्दका गाउँपालिका अध्यक्ष सहित अधिकांस जनप्रतिनिधि र जनता माओवादीमा छन् । त्यसैले समाजवादीका मान्छे नै नभएकाे ठाउँमा पार्टीले पाउनु पर्छ भन्नु अमिल्दाे कुरा भएकाे अन्य पार्टीका नेताहरू बताउँछन् । ठुलीभेरीकाे विषयमा समाजवादी भित्रै व्यापक मतभेत देखियाे ।विशेषगरी जिल्लाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी कसैले छाडेनन् ।
तर तथ्यलाइ आधार मान्नेहाे भने ठुलीभेरी नगरपालिका समाजवादीले पाउने समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढाले बताए । उनले थपे गठबन्धनबाट जनमास जनप्रतिनिधि हरेक हिसावमा समाजवादी बलियाे देखिएकाेले समाजवादीले नै पाउनु पर्ने हाे। माओवादीले अनावश्यक ठुलीभेरीकाे मेयर पाउनुपर्छ भन्न तर्क अस्वभनिय रहेकाे र कांग्रेसले पनि त्रिपुरासुन्दरीकाे मेयर गठबन्धनबाट पाउने भएपछि उसले पनि दावी गर्न नहुने उहाँकाे सुझाव थियाे ।
अव भने केन्द्रले हस्तक्षेप गरेमात्र डाेल्पामा गठबन्धन हुने छ भने नभए गठबन्धन नहुने देखिउकाे छ । २०७४ सालमा एमाले र राप्रपा, कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । ८ स्थानीय तह रहेको डोल्पामा २ वटा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका थिए । एमालेले ४ वटा स्थानीय तह जितेको थियो भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको थियो । २ स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जितेका थिए ।