काठमाडौं, देशभर थप ९ सय २७ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ।शुक्रवार १० हजार २ सय २९ जनाको पीसीआर गर्दा ९ सय २७ जना संक्रमित भेटिएका हुन्। हाल संक्रमित संख्या ३६ हजार ४ सय ५६ छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १६ हजार १९ संक्रिय संक्रमित रहेको बताए। उनले ३ सय ५० जना काठमाडौंमा, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा संक्रमण देखिएको बताए। उपत्यकामा ३ सय १५ जनामा संक्रमण देखिएको हो । १ सय ६९ डिस्चार्ज भएका छन्।
कोभिड(१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १२ जनाको ज्यान गएको छ। यो हालसम्मकै उच्च मृत्यु हो। यसअघि कोभिडका कारण दिनमा ११ जनाको मृत्यु भएको थियो।