spot_img

उपल्लाे डाेल्पाकाे चुनाव विथाेल्न सांसद धनवहादुर बुढाले खटाए रातारात सयाैँ युवाः प्रशासन बेखवर,स्थानीय त्रासमा चुनाव अवधिभर सुरक्षा दिन स्थानीयकाे अनुराेध (बैठककाे निर्णय सहित )

spot_img

डाेल्पा, डाेल्पाका प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका इन्चार्ज धनवहादुर बुढाले उपल्लाे डाेल्पाकाे चुनाव विथाेल्न रातारात सयाैँ युवाहरू डाेल्पाेबुद्द गाउँपालिकाकाे धाे मा खटाएका छन् । डाेल्पाेबुद्दका सबै जसाे जनप्रतिनिधि र जनता माओवादी केन्द्रमा प्रवेश गरेपछि पटक पटक आफु र आफ्ना मान्छेहरूलाइ धम्याउन लगाएकाे र त्यहाँका जनताले स्वतन्त्ररूपमा हामी राजनीति गर्न पाउनु पर्छ भन्दा जनतालाइ धम्क्याउन गुण्डाहरू खटाएकाे डाेल्पाेबुद्दका एक प्रतिनिधिले जानकारि दिए ।

साेमबार मात्रै १ सय भन्दा बढि युवाहरू दिउसाे र राति राति धाे तारापमा पुगेर स्थानीय जनतालाइ धम्काउन थालेपछि स्थानीयहरू त्रसित बनेकाे ति प्रतिनिधिले बताए । युवाहरू सयाैँकाे संख्यामा एकाएक आएककाे सुरक्षाका नाममा १६ जना मात्र प्रहरीहरू रहेकाे असइ हस्तवहादुर तिरूवाले बताए । हुलका हुल अपरिचित युवाहरू आएका छन् काे हुन् कताका हुन् थाहाँ छैन । गाउँका घरघर छिर्न गरेकाले स्थानीय त्रसित बनेकाे र थप सुरूक्षा कर्मी माग गर्ने असइ तिरूवाले जानकारि दिए ।

उता जिल्ला प्रशासन डाेल्पालाइ पहिल्यै जानकारी हुँदा हुँदै हेलचेक्राइ गर्दा सयाैँ युवाहरू अनावश्यक रूपमा छिरेकाे र स्थानीय त्रसित बन्न बाध्य छन् । यस विषयमा जान्न खाेज्दा प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले कसैले कानुनकाे उल्लङ्घन गरे धम्काउने,थर्काउने र गुण्डागर्दी गरे कानुनी दायमा ल्याउने दावी गरे । जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डियसपी निरन्जन थापाले यसविषयमा बुझिरहेकाे र सुरक्षा दिन प्रहरी तैनाथ गरिएकाे बताए ।

सांसद बुढाले जनतालाइ धक्याएर नमाने दमन गरेर भएपनि आफ्नाे स्वार्थका लागि डाेल्पाेबुद्द गाउँपालिकामा आफ्ना अनुकुलका मान्छे जिताउन लागि परेका छन् । साेहि अनुसार कार्यक्रमकाे बाहनामा ५ सय भन्दा बढि गुण्डाहरू लिएर आउने भनेर उनीनिकटका मान्छेहरू सामाजिक सञ्जालमा लेख्दै हिडिरहेका छन् । त्यतिमात्र नभएर कराेडाैँ रकम व्यवस्था गरेर हजाराैँ युवाहरू खटाएर भिडन्त गराएर चुनाव विथाेल्ने सांसद बुढाकाे मनसाय छ । यस विषयमा बुज्न् खाेज्दा सांसद बुढा सम्पर्कमा आउन चाहेनन् । उनी अझ ५ सय भन्दा युवाहरू लिएर मंगलवार,बुधवार तिर जाने जिल्लामा व्यापक हल्ला छ ।

डाेल्पाेबुद्द गाउँलिकाका जनता र जनप्रतिनिधिकाे सुरक्षा निकायसँग हारगुहार

साेमबार गाउँपालिकाकाे धाे तरापमा बसेकाे स्थानीय प्रतिनिधि र जनताकाे बैठकले चुनावकाे समय अवधिभर सुरक्षा प्रदान गर्न नेपाल प्रहरी,शसत्र प्रहरी बल र नेपाली सेनासम्मलाइ हारगुहार गरेका छन् । यस्ताे छ निर्णय जस्ताकाे तस्तै ः

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img