काठमाडाैँ, सुनको मुल्य आज घटेको छ ।तोलामा चार सय रुपैयाँ घटेको सुनको मुल्य आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै मुल्य तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।