spot_img

सयाैँ युवाहरू लिएर सांसद धनवहादुर बुढा डाेल्पाेबुद्द हिडेःत्रसित स्थानीय निरन्तर छलफलमा,सुरक्षा व्यवस्था कडा पार्दै प्रशासन

spot_img

डाेल्पा, डाेल्पाका प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका इन्चार्ज धनवहादुर बुढाले उपल्लाे डाेल्पाकाे चुनाव विथाेल्न रातारात सयाैँ युवाहरू डाेल्पाेबुद्द गाउँपालिकाकाे धाे मा खटाएका थिए । तर मंगलबार उनी आफैँ थप सयाैं युवाहरू लिएर डाेल्पाेबुद्द हिडेका छन् । काइके गाउँपालिकाका सम्पूर्ण वडाहरू निर्वीराेध प्रतिनिधि छनाेट गरेर प्रत्यक घरघरबाट मान्छे डाेल्पाेबुद्द भित्राएका छन्।

चुनावी कार्यक्रमका नाममा सांसद बुढाले सयाैँ युवाहरू किन खटाइरहेका छन् त्याे विषय भने आश्चर्य जनक छ । स्थानीय कार्यकर्ता भेला गरेर कार्यक्रम गर्दा कुनै आपत्ति हाेइन तर ५ सय भन्दा बढि युवाहरू वाहिरबाट ल्याएर जनतालाइ धम्क्याउने थर्काउनकाे लागि भएकाे उपल्लाे डाेल्पाका जनताकाे बुझाइ छ । डाेल्पाेबुद्दका सबै जसाे जनप्रतिनिधि र जनता माओवादी केन्द्रमा प्रवेश गरेपछि पटक पटक आफु र आफ्ना मान्छेहरूलाइ धम्याउन लगाएकाे र त्यहाँका जनताले स्वतन्त्ररूपमा हामी राजनीति गर्न पाउनु पर्छ भन्दा जनतालाइ धम्क्याउन गुण्डाहरू खटाएकाे डाेल्पाेबुद्दका स्थानिय बताउँछन् ।

मंगलवारसम्म ३ सय भन्दा बढि युवाहरू दिउसाे र राति राति धाे तारापमा पुगेर स्थानीय जनतालाइ धम्काउन थालेपछि स्थानीयहरू त्रसित बनेकाे ति प्रतिनिधिले बताए । सयाैँ युवाहरू अनावश्यक रूपमा छिरेकाे र स्थानीय त्रसित बन्न बाध्य छन् । सांसद बुढाले जनतालाइ धक्याएर नमाने दमन गरेर भएपनि आफ्नाे स्वार्थका लागि डाेल्पाेबुद्द गाउँपालिकामा आफ्ना अनुकुलका मान्छे जिताउन लागि परेका छन् । साेहि अनुसार कार्यक्रमकाे बाहनामा ५ सय भन्दा बढि गुण्डाहरू लिएर आउने भनेर उनीनिकटका मान्छेहरू सामाजिक सञ्जालमा लेख्दै हिडिरहेका छन् । त्यतिमात्र नभएर कराेडाैँ रकम व्यवस्था गरेर हजाराैँ युवाहरू खटाएर भिडन्त गराएर चुनाव विथाेल्ने सांसद बुढाकाे मनसाय छ । यस विषयमा बुज्न् खाेज्दा सांसद बुढा सम्पर्कमा आउन चाहेनन् ।

इमान्दार खवर समाचार प्रभाव,सुरक्षा व्यवस्था कडा

साेमबार उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्द गाउँपालिकाका स्थानीय त्रसित अपरिचित सयाैँ गुण्डाहरू प्रवेश लगाएत समग्र विषयकाे समाचार प्रकासित भएपछि  जिल्लामा हलचल मच्चिएकाे छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा निकायकाे बैंठकमा व्यापक छलफलपछि सयाैँकाे संख्यामा सशत्र प्रहरी र जनपथ प्रहरी डाेल्पाेबुद्दमा पठाइएकाे छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सुरक्षा चुनाैतिलाइ मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएकाे जानकारि दिनुभयाे । सयाैँकाे संख्यामा सुरक्षाकर्मी परिचालन गरेका छाैँ,उनले थपे अावश्यक परे बाहिरी जिल्लाबाट समेत सुरक्षाकर्मी माग गरेर सुरक्षा प्रदान गर्न दावी गरे । कसैले कानुनकाे उल्लङ्घन गरे धम्काउने,थर्काउने र गुण्डागर्दी गरे कानुनी दायमा ल्याउने दावी गरे । जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डियसपी निरन्जन थापाले यसविषयमा बुझिरहेकाे र सुरक्षा दिन प्रहरी तैनाथ गरिएकाे बताए ।

डाेल्पाेबुद्द गाउँलिकाका जनता र जनप्रतिनिधिकाे सुरक्षा निकायसँग सुरक्षा प्रदानका लागि निरनतर हारगुहार गरिरहेका छन् । निरन्तर बैठकमा छलफलमा रहेका स्थानीयवासीले गाउँपालिकाकाे धाे तरापमा चुनावकाे समय अवधिभर सुरक्षा प्रदान गर्न नेपाल प्रहरी,शसत्र प्रहरी बल र नेपाली सेनासम्मलाइ हारगुहार गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img