मस्को, रुसका रक्षामन्त्रीले मंगलबार मस्कोले पूर्वी युक्रेनलाई ‘मुक्त’ गर्न खोजिरहेको बताएका छन्। तर पश्चिमी शक्तिहरूले किभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्।‘हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं,’ सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन्।
तर वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेको सर्गेईले आरोप लगाएका हुन्।यसैबीच रुसले युक्रेनको मारियोपोल क्षेत्रबाट आक्रमणलाई तीव्रता दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रासस