spot_img

मकवानपुरमा चट्याङबाट एक वृद्धको ज्यान गयो, एक घाइते

spot_img

काठमाडाैँ,  मकवानपुरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान जानेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जितबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते हुनुभएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img