डाेल्पा,डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्द गाउँपालिकालाइ राजनीतक रूपमा कब्जामा लिनकाे लागि डाेल्पाेबुद्दमा हुने खाद्यान्न देखि त्यहाँका स्थानीयलाइ आवतजावतमा राेक लगाउन काइके गाउँपालिकाकाे प्रयाेग गरेका छन् । डाेल्पाकाे काइके गाउँपालिका र उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्दमा सिमाना जाेडिएकाेले काइके गाउँपालिका भएरै सम्पूर्ण खाद्यान्न,विकास निर्माणका सामग्री लगाएतका सामग्री ढुवानी हुने गर्छ । साेमबार देखि काइके गाउँपालिकाकाे नाम्दाे भन्ने ठाउँमा डाेल्पाेबुद्दमा जाने खाद्यान्न सामग्री र ढुवानीका सामग्री बाटाेमै राेकिएका छन् । खच्चडका भारिहरू फुकाल्दै सामानहरू फाल्ने काम भएकाे धाेका एक स्थानीयले जानकारी दिए ।
बुधवार काइके गाउँपालिकाकाे लेटरहेडमा गाउँपालिका अध्यक्ष अंगत रानाले निकालेकाे विज्ञप्तीमा प्रस्ट रूमा भनिएकाे छ,डाेल्पाेबुद्दमा हुने सम्पूर्ण बुढानी राेक्ने देखि जनप्रतिनिधिलाइ आवातजावतमा राेक लगाइएकाे छ ।
राज्यकै एक अंगले यस्ताे राज्यविराेधी गतिविधि गर्ने सहितकाे विज्ञप्तीले गृहमन्त्रालय समेतकाे चासाे बढेकाे छ । गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणी पाेखरेलसँग यस विषयमा चासाे राख्दा गाउँपालिका जस्ताे राज्यकाे निकाएले जनतालाइ धम्काउने तर्साउने र खाद्यान्न लगाएत ढुवानी लगाएतका अत्यावश्यक सामग्री राेक्न नपाउने बताए । तत्काल समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीलाइ समेत निर्देशन दिएकाे प्रवक्ता पाेखरेलले जानकारि दिए ।
भाेटहालेर जिताएका सांसदबाटै डाेल्पाेबुद्दका जनता त्रसित र नजरबन्धमा
केहि महिना अघिमात्रै डाेल्पाेबुद्दका अधिकांस जनता र जनप्रतिनिधि माअाेवादीमा प्रवेश गरेपछि सांसद बुढाकाे हाेसहवास उडेकाे छ । उनले समाजवादी,कांग्रेस र एमाले जुनसुकै पार्टीमा ल्याउन विशेष कदम चालिरहेका छन् । अहिले डाेल्पाेबुद्दकाे धाे तारापमा सांसद बुढाले पार्टी कार्यक्रमका नाममा ५ सय भन्दा बढि युवाहरू लिएका छन् । त्यहाँका जनप्रतिनिधि लगाएत जनतालाइ सम्झाउने नमाने बल प्रयाेग गर्ने सांसद बुढाकाे मनसाय रहेकाे भन्दै डाेल्पाेवुद्दवासीले सुरक्षा माग गर्दै आएका छन् । यस विषयमा निरन्तर चासाे राख्न खाेज्दा सांसद बुढा सम्पर्कमै अाउन चाहँदैनन् ।
त्यतिमात्र हाेइन आफैँले भाेट हालेर जिताएकाे सांसदबाट जनता त्रसित र नजरवन्धमा बस्नु परेकाे स्थानीय ग्याल्पाे थापाले जानकारि दिए । उनले थपे अपरिचित ५ सय युवाहरू आएका छन् स्थानीयहरू त्रसित छन् । खानेबस्ने ठाउँ छैन,सम्पूर्ण जनता नजरबन्धमा रहेकाे उनले जानकारी दिए ।
सांसद बुढाले धाे तारापमा बुधवार ठुलाे कार्यक्रम गर्ने याेजनाका साथ पुगेका थिए । तर सम्पूर्ण डाेल्पाेबुद्दवासी एकजुट भएर कार्यक्रममा नजाने निर्णय गरेपछि कार्यक्रमनै विथाेलिएकाे छ । दुइचार घर डुलेर सांसद बुढा स्थानीय नआएपछि निराश बनेका छन् ।