spot_img

डाेल्पाेबुद्दमा मानव अधिकार उलंघन गरेकाे भन्दै सांसद धनवहादुर बुढा र काइके गाउँपालिका विरूद्द राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता

spot_img

डाेल्पा,उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्द गाउँपालिकामा डाेल्पाका सांसद धनवहादुर बुढाले हुलकाहुल सयाैँ युवाहरू लिएर आतंक मच्चाइ गम्भिर मानव अधिकार उलंघनका घटना गरेकाे भन्दै राष्ट्रिय मानव अधिकार आयाेगमा उजुरी परेकाे छ ।

विहीबार आयाेगकाे केन्द्रीय कार्यालय हरिहर भवन ललितपुरमा उपल्लाे डाेल्पाका केही स्थानीयहरू पुगेर उजुरी दर्ता गराएका हुन् । चुनाव नजिकिएसँगै डाेल्पाेबुद्द गाउँपालिकामा सांसद बुढाले काइके लगाएतका ठाउँबाट सयाैँ युवाहरू लिएर साेझा जनतालाइ धम्काउने,तर्साउने र बल प्रयाेगकाे धम्की दिने गरेकाे उजुरीमा उल्लेख छ । गत बैशाख ६ गते देखि सांसद बुढाले रातदिन ५ सय भन्दा बढि युवाहरू लिएर धाे ताराप क्षेत्रका जनतालाइ नजरबन्दमा पारेकाे र विद्यालयहरू चल्न नदिएकाे विद्यार्थीहरू समेत त्रसित बनेकाे उजुरी आराेप लगाइएकाे छ । चुनाव प्रचारका नाममा वाहिरबाट सयाैँ युवाहरू लिएर जनताका मानव अधिकारका उलंघनका घटनाहरू हुन सक्नेतर्फ समेत आयाेगलाइ उजुरी मार्फत सचेत गराएकाे छ ।

यस्तै डाेल्पाकै काइके गाउँपालिकाले पनि डाेल्पाेबुद्दकाे खाद्यान्न,स्वास्थ्य सामग्री लगाएत सम्पूर्ण ढुवानीका सामान राेक्ने निर्णयकाे विज्ञप्ती निकालेकाे भन्दै उक्त कार्य समेत राज्यका नागरिक माथि गरिएकाे अमानविय हर्कत सहित मानव अधिकार उलंघनकाे चरम नमुना भएकाे समेत उजुरीमा समेटिएकाे छ ।

उजुरी पत्र बुझ्दै अायाेगले चुनावमा हुनसक्ने गम्भिर मानव अधिकार उलंघनका घटनालाइ मध्यनजर गर्दै छुट्टै शाखा खडा गरेकाे र दुर्गमबाट प्राप्त उजुरीलाइ गम्भिरताका साथ लिएकाे र चाँडै छानविनमा लाग्ने जानकारी दिएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img